Logo

एन्टिरेबिज भ्याक्सिनको चरम अभाव



काठमाडौं, पुस १० । अन्तर्राष्ट्रिय रूपमा नै सन् २०३० भित्र रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिए पनि नेपालमा रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनकै चरम अभाव देखिएको छ । एन्टिरेबिज भ्याक्सिनको चरम अभावका कारण सरकारलाई यो लक्ष्यमा पुग्न चुनौती देखिएको छ ।

कुनै पनि व्यक्तिलाई कुकुर वा अन्य पशुले टोकेमा उनलाई तत्काल भ्याक्सिनको आवश्यकता पर्छ । नेपालले प्रत्येक वर्ष २ लाख डोज एन्टिरेबिज भ्याक्सिन खरिद गर्दै आएको स्वास्थ्य सेवा विभागअन्तर्गतका ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेककुमार लालले बताए ।

तर अहिलेसम्म मागअनुसारको भ्याक्सिन सरकारले उपलब्ध गराउन नसकेको विभागले स्वीकार गर्दै आएको छ । भ्याक्सिनको मागबारे यकिन तथ्यांक विभागसँग छैन । प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा भ्याक्सिन पु¥याउनुपर्ने बाध्यता छ ।

न्टिरेविजबिरुद्धका भ्याक्सिन १० लाख भाइल पु¥याइए पनि त्यो पर्याप्त हुन नसकेको विभागले बताएको छ । यस्तै, दक्ष तालिम प्राप्त जनशक्तिको पनि अभाव रहेको बताइएको छ ।

चालू आर्थिक वर्षमा सरकारले एन्टिरेबिज भ्याक्सिन खरिदका लागि भन्दै १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । एन्टिरेबिज भ्याक्सिन पाउन अत्यन्तै गाह्रो रहेको महाशाखाले जनाएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्