रेड जाइनट स्टार अनौँठो तरिकाले काम गरिरहेको छ । अनौंठो प्रकारले काम गरिरहँदा रेड स्टार विस्फोट हुने अनुमान खगोविद्हरुले लगाएका छन् । रेड जाइन्ट स्टार अत्याधिक मात्रामा चम्किने गर्दछ ।
तरा चम्किने क्षमता कम भइसकेको कारण वैज्ञानिकहरुले यो विष्फोट हुने अनुमान लगाएका छन् । सो रेड जाइन्ट स्टारको नाम बेटलगेज रहेको जनाइएको छ ।
स्टार अक्टोबर महिनादेखि धमिलो तरिकाले चम्किरहेको समेत विज्ञहरुले जनाएको छ । स्टारको चम्किने क्षमता करिब २.५ प्रतिशतले घटेको जनाइएको छ । कुनैबेला सो स्टारले चम्किने माध्यममा नौ स्थान कायम गरेको थियो भने अहिले सो स्थान खस्केर २३ औं स्थानमा झरेको जनाइएको छ । विज्ञहरुले त्यस स्टारको अध्ययन करिब एक दशकदेखि गरिरहेका छन् । विज्ञहरुले त्यस स्टारले यस्तो आक्रामक तरिकाले कहिले मधुरो नभएको जनाएका छन् ।
स्टार पूथ्वीको सतहबाट करिब सात सय प्रकाश वर्ष टाढा रहेको छ । विज्ञहरुको अनुसार सो तारा ९० लाख वर्ष पुरानो रहेको जनाएका छन् । ताराको आयु सय लाख वर्षभन्दा माथि नहुने भएर यसको विस्फोट हुने सम्भावना अत्याधिक रहेको जनाइएको छ ।
ताराको विस्फोट करिब दुई लाख वर्ष वा तीन लाख वर्ष पछि हुने जनाएका छन् । विस्फोट हुनेबेलामा त्यस ताराले अत्याधिक मात्रामा प्रकाश फोल्ने जसलाई दिनमा पनि मज्जाले हेर्न सकिने विज्ञहरु बताउँछन् । विस्फोटले पूथ्वीलाई केही क्षति नपुर्याउने समेत विज्ञहरु बताउँछन् ।