Logo

रिहा भएपछि गजुरेलको टिप्पणी : ‘ओली सरकार फासिवादतर्फ उन्मुख’



काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल रिहा भएका छन् । उनले रिहा भएलगत्तै सरकारप्रति कडा टिप्पणी गरेका छन् ।

गजुरेलले सीमा मिचियो, समाधान गर्नुस् भनेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराउन जाँदा आफूहरुलाई नियन्त्रणमा लिएको भन्दै कडा असन्तुष्टी पोखे । उनले भने,‘यो सरकार फासीवादतर्फ उन्मुख भएको संकेत हो ।’

रक्षामन्त्री पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ज्ञापनपत्र बुझाउन आउन लागेकोबारे पूर्व जानकारी गराएको उनको भनाई छ । उनले थपे,‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot