Logo

एमसीसी संसदबाट पारित हुन्छ, यो आईपिएसको अंग होईन : मन्त्री ज्ञवाली



काठमाडौं, १४ पुष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने स्पष्ट पारेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले एमसिसी इन्डो प्यासिफिक रणनीतिक योजनाको अंग नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ ।

तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि एमसीसीलाई लिएर गम्भिर विवाद छ । अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु कुनैपनि हालतमा एमसीसीलाई संसदबाट पारित गर्न नहुने पक्षमा छन् । स्थायी कमिटी सदस्य भीम रावलले त सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्