काठमाडौं, १७ पौष । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल बेरुजुरु फछ्र्यौटमा यस वर्ष पनि उत्कृष्ट कार्य गर्न सफल भई पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र अन्र्तगतका निकायहरुमा बेरुजु फछ्र्यौट कार्यमा प्रगतिमा सर्वोत्कृष्ट भई पुरस्कृत गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बिहिबार पुरस्कृत भएका खनालले दश हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् । खनाललाई गृहमन्त्री राम बहादुर थापा बादल र गृहसचिव प्रेम कुमार राईले संयुक्त रुपमा पुरस्कृत गरेका हुन् ।
आर्थिक वर्ष २०७४७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फछ्र्यौट गरी आव २०७४७५ को लेखापरीक्षण भएको कुल अंकमा १.८० प्रतिशत मात्र बेरुजु सिमित गर्न नेपाल प्रहरी सफल भएको थियो । यसअघिको वर्षमा पनि खनालले उत्कृष्ट योगदान गर्दै बेरुजु कम प्रतिशत मात्र सिमित गरेर पुरस्कार पाएका थिए । नेपाल प्रहरीको इतिहासमा खनालले लगातार दुई वर्ष बेरुजु फछ्र्यौट तर्फ योगदान गरेर उत्कृष्ट हुँदै पुरस्कार पाएर किर्तिमान बनाएका छन् ।