Logo

आइजीपी खनालले गरिबका घरजग्गा कब्जा गर्ने नेताद्धयलाई पक्राउ गर्न निर्देशन दिएपछि…



काठमाडौं, २३ पौष । ऋण दिंदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेका दुई राजनीतिक दलका नेता पक्राउ परेका छन् । सर्लाहीका गरिबहरुले राजपा केन्द्रीय सदस्य रामबाबु राय यादव र नयाँ शक्तिबाट चुनाव लडेका सञ्जय रौनियारमाथि घरजग्गा कब्जा गर्ने गरेको उजूरी गरेपछि नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले कारबाहीको निर्देशन दिएपछि पक्राउ गरिएको हो । दुवैमाथि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडितहरु गृह मन्त्रालयमा गई उजूरी गरेपछि आइजीपी खनालले तत्काल सर्लाहीका प्रहरी प्रमुख विश्वमणि पोखरेललाई कारबाहीको निर्देशन दिएपछि पक्राउ गरिएको थियो । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेस्रो भएका थिए भने रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार थिए । उनीहरुले ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot