Logo

हरेक नागरिकले आफैले सुधार गरेमात्र समाज परिवर्तनः डिआइजी पोखरेल



काठमाडौं, २३ पुस । समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरी नगरपालिका ७ थानकोटस्थित ग्रिनल्याण्ड बैंक्वेटमा ‘सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरकृया तथा भूकम्पीय जोखिम सम्बन्धि जनेतनामूलक कार्यक्रम’ मंगलबार सम्पन्न गरिएको छ ।

उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरेक नागरिकले अनुशासन, परिवर्तन आफैले सुधार गरेमात्र परिवार, समुदाय, समाज र देश परिवर्तन हुने भएकोले यसको लागि प्रहरीले आफ्नो भूमिका निर्वाह गर्न सदैव प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरि नगरपालिकाको कलंकी नागढुंगा सडकखण्डमा छिट्टै सिसिटिभि जडान गर्ने र सडक सुरक्षा लगायत यस नगरपालिकाको सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरी लगायत सरोकारवाला निकायसँग सहकार्य गर्दै अगाडि बढेको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाका प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी प्रस्तुतिकरण गरेकोे उक्त कार्यक्रममा सोही महाशाखाको प्रहरी टोलीद्वारा आगजनी नियन्त्रणका सरल उपायहरू सम्बन्धी प्रयोगात्मक प्रदर्शनी समेत गरिएको थियो ।

समुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम ढकाल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्षहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा सहकारी संस्थाका प्रतिनिधिहरू, उद्योगी व्यवसायी, बुद्दिजिवी, शिक्षक, प्राध्यापक, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरू, समुदाय प्रहरी साझेदारी पालिका, वडा तथा टोल समितिका पदाधिकारीहरू एवं सदस्यहरू, लैंगिक हिंसा नियन्त्रण संजालका पालिका तथा वडा समितिका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, बिभिन्न क्लवका प्रतिनिधिहरू, विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot