Logo

जवानबाट डिआइजी भएका मदनपुरस्कार विजेता शाहको अवकाशपछि बढुवाको प्रतिष्पर्धा



काठमाडौं, २३ पौष । नेपाल प्रहरीका डिआइजी महेशविक्रम शाहको अलग्गै पहिचान छ । उनी साहित्यका हुन् । ‘छापामारको छोरो’ कृत्तिमा मदनपुरस्कार विजेता हुन् ।

२०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गर्दा उनी सिपाही मात्र थिए । त्यसको डेढ महिनापछि उनी इन्स्पेक्टरमा नाम निकालेर अधिकृत बने । प्रहरीमा सिपाहीबाट भर्ना भएर आइजीपीको प्रतिष्पर्धी सम्म बनेपनि डिआइजीमै अवकाश पाउन पुगे ।

महेशविक्रम शाहको अवकाशलगत्तै प्रहरीमा डिआइजीको दौड चलेको छ । जसमा ब्याचका सिनियरदेखि जुनियरसम्म लागेका छन् । सिनियरहरुमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की लगायत छन् । त्यस्तै जुनियर ब्याचका उत्तम सुवेदी, धीरजप्रताप सिंह, बसन्त लामा लगायत पनि प्रतिस्पर्धामा छन् । जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । त्यसकारण बढुवामा सिनियर र जुनियरको मापदण्ड हटेकाले जो पनि पावरका आधारमा बढुवा हुने अवस्था छ । यसले बढुवामा अस्वस्थ्य प्रतिस्पर्धा बढाएको छ ।

आगामी २९ माघबाट मात्र प्रहरीमा डिआईजीका २१ पद रिक्त हुनेछन् । प्रहरी महानिरीक्षकसहित २५ जना उच्च अधिकारीले त्यसबेला अवकाश पाउँदैछन् । त्यसपछिका आईजिपीका रुपमा ठाकुर ज्ञवालीलाई हेरिएको छ । अर्का डिआईजी तारिणी लम्साल पनि प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्