ईरान–अमेरिका बीच तनाव कायमै छ । बुधबार अबेर राति इराकमा दुईवटा रकेट हमला भएको छ । एउटा बम इराकस्थित अमेरिकी राजदूतावास नजिकै खसेको थियो ।
अर्को रकेट इराकको बनिरहेको सरकारी कार्यालयमा खसेको थियो । इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले बम हमला गरेको भोलिपल्ट पछिल्लो हमला भएको हो । पछिल्लो हमलामा कुनै हताहती नभएपछि भौतिक क्षति पुगेको जनाइएको छ ।
इराकमा रहको आफ्नो अखडाहरुमा इरानले आक्रमण शुरु गरेपछि अमेरिकाले सैन्य गस्ती बढाएको छ । अमेरिकी हेलिकोप्टरहरु बढी मात्रामा उड्न थालेको जनाइएको छ ।
३ जनवरीको विहानै इरानी सैन्य कमाण्डर जनरल कसिम सोलेमानीको हत्यापछि ईरान अमेरिका तनाव बढेको हो । ईरानले हत्याको बदला लिने घोषणा गरिसकेको छ ।- एजेन्सीको सहयोगमा