Logo

युक्रेनी विमान दुर्घटनाबारे पश्चिमी गुप्तचरको यस्तो दाबी



२५ पौष । इरानमा युक्रेनी विमान बोइङ ७३७ को दुर्घटना प्राविधिक खराबीका कारण भएको पश्चिमी गुप्चर एजेन्सीहरुलेले पुष्टि गरेका छन् । तेहरानस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट बुधबार युक्रेनी विमान बोइङ ७३७ उडान भरेको केही बेरमै दुर्घटनामा परेपछि विभिन्न विवादास्पद खबर आइरहँदा गुप्तचरको पछिल्लो भनाई आएको हो ।

विमानमा रहेका १७६ जना यात्रु दुर्घटनामा ज्यान गुमाएका थिए । सो विमानलाई इरानको क्षेप्यास्त्रले हानेको विषय गलत रहेको विषय बाहिर आएको छ । विमान उडेको केही बेरमा प्राविधिक खराबी र विमानको इन्जिन निकै तातेको कारण विमान दुर्घटना भएको पश्चिमी गुप्तचरलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

यस्तै प्रकारको घटना सन् २००४ मा एम्सटरड्याम देखि क्वालालामपुर जाँदै गरेको मलेसियन एयरलाइन्स युक्रेनी आकाशबाट वेपत्ता भएको थियो । सो विमानमा दुई सय ९८ जनाको ज्यान गएको थियो । Photo Source :japantimes.co.jp



प्रतिक्रिया दिनुहोस्