Logo

मधुमेहको लक्षण र बच्ने उपाय



आजकाल ब्यस्त जीवनशैली, भागदौडको कारण मानिसहरु विभिन्न रोगको शिकार हुनुपरेको तितो यर्थाथ हो । यी धेरै रोग मध्ये एक मधुमेह हो । मधुमेहको कारण विस्तारै मानिसको मृत्यु हुन्छ । यो रोगले एकपटक समात्यो भने जीवन भर छोड्दैन । यसको नराम्रो पक्ष अन्य रोगको पनि शिकार बनाउने हो । मधुमेह रोगले आँखा, मुर्गौला र कलेजोमा हानी पुर्याउन सक्छ । पहिला ४० वर्षको उमेरदेखि देखिन्थ्यो भने हाल बच्चामा पनि देखिन थालेको छ ।

कसरी हुन्छ
हाम्रो शरीरमा प्याक्रियाज ग्रन्थीमा इन्सुलिनको मात्रा कम हुदाँ रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ । यस स्थितिलाई डायबिटिज भनिन्छ । इन्सु्लिन एक हर्मोन हो जुन पाचन ग्रन्थिबाट बन्ने गर्छ । यसको काम खानालाई शरीर भित्र उर्जामा परिवर्तन गर्ने हो । यो हर्मोनले हाम्रो शरीरमा चिनिको मात्रा नियन्त्रण गर्छ । मधुमेह भएपछि शरीरमा खानाबाट उर्जा बनाउनमा कठिन हुने गर्छ । यो स्थितिमा ग्लुकोजको मात्रा बढेर शरीरको विभिन्न भागमा क्षति पुर्याउन शुरु गर्छ ।
यो रोग महिलाको तुलनामा पुरुषमा धेरै हुने गर्छ । मधुमेह धेरैजसो वंशाणुगत र अनियमित जीवाशैलीको कारण हुने गर्छ । यसबाहेक शारीरकि श्रम नगर्ने, निन्द्रा नलाग्ने , धेरै फास्टफुड खानेलाई यो रोग लाग्ने अधिक सम्भावना रहन्छ ।
यो रोगको कारण धेरै हृदयघात र स्ट्रोक हुने सम्भावना रहन्छ । सामान्य व्यक्तिमा भन्दा यो रोगीमा ५० प्रतिशतले लाग्ने संभावना हुन्छ । ग्लु्कोजको मात्रा बढ्दा हर्मोनमा परिर्वेतन भई रक्तकोशिकाहरु क्षतिग्रस्त हुन्छ । यसरी धमनीमा रोकावट आएपछि हृदयघात हनसक्छ ।
यो रोगका कारण आँखाको रेटिनामा नोक्सान पुर्याउनुका साथै जीवनभर अन्धो समेत बनाउँछ ।

मधुमेहका लक्षण
धेरै तिर्खा लाग्नु
पटक पटक पिसाब आउने
आँखाको ज्योती कम हुदे जाने
हात, खुट्टा र गुप्तांगमा चिलाउनु
पटक पटक पिलो आउनु
चक्कर लाग्नु
चिडचिडापन

बच्ने उपाय
जीवनशैली परिवर्तन गर्ने
थोरै क्यालोरी भएको खाना खाने
धुम्रपान र मद्यपान नगर्ने
दैनिक खाना ७ पटक खाने
धेरै तनाव नलिने
नियमित स्वास्थ्य जाँच गर्ने

गहुँ र जौ को प्रयोग गर्ने
सागसब्जीको प्रयोग बढाउने

 



प्रतिक्रिया दिनुहोस्

Screenshot