Logo

इरानले भन्यो- युक्रेनी विमानमा ‘भुलवश मिसाइल प्रहार’



इरानले युक्रेनी विमान मिसाइल हानेर खसालेको स्वीकारेको छ । तर, उक्त घटना मानवीय त्रुटीका कारण भएको जनाएको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले इरानको सैनिकलाई उदृत गर्दै भुलबश मिसाइलले हानेर खसालेको जनाएको छ । इरानको रिभोलुसनरी गार्डको संवेदनशील क्षेत्र नजिक विमान पुगेपछि मिसाइल हानिएको उल्लेख छ । यसअघि इरानले मिसाइल हानेर खसालेको अस्वीकार गरेको थियो । तर, चौतर्फी दबाबबीच इरानले पछिल्लो भनाई सार्वजनिक गरेको हो ।

१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको विमान दुर्घटनाको कारणबारे विभिन्न आशंका उब्जिएको थियो । तेहरानबाट युक्रेनका लागि उडेको जहाज अमेरिका र इरानबीचको तनावका बखत मिसाइल लागेर झरेको अनुमान गरिएको थियो ।

युक्रेनी अधिकारीहरुले गल्तीले मिसाइल लागेर खसेको हुनसक्नेतर्फ समेत चासो लिएका थिए । बुधबार भएको घटनामा २४ सय मिटर उचाईमा रहँदा विमान सम्पर्क विच्छेद भएको थियो । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्