Logo

‘कू’ गरी बाबुबाट सत्ता हत्याएका ओमानका सुल्तान सइदको निधन



ओमानका सुल्तान कबुज बिन सइदको निधन भएको छ । उनको शनिबार ७९ वर्षको उमेरमा निधन भएको हो ।

ओमानको राष्ट्रिय टेलिभिजनले सुल्तानको निधन भएको जनाएको हो । उनी लामो समय देखि क्यान्सको संक्रमणले विरामी थिए । उनी विदेशमा उपचारका लागि पुगेका थिए । सुल्तान कबुज आफ्नै बाबुलाई रक्तपातरहित ‘कू’ बाट पदच्युत गरी सन् १९७० मा सुल्तान बनेका थिए । शक्तिमा आएपछि उनले ओमानमा परिवर्तन ल्याएका थिए ।

सुल्तान कबुजका सन्तान छैनन् । उनका सहोदर दाजुभाई पनि छैनन् । सुल्तानले आफ्ना सन्तान र दाजुभाई नभएपछि नजिकको नातेदार मध्येबाट उत्तराधिकारी चयनका लागि पाँच उच्च तहको परिषद् गठन गरेका थिए । सुल्तानले आफ्नो स्वास्थ्य गम्भीर भएपनि उत्तराधिकारी स्पष्ट पारेका थिएनन् ।

ओमानलाई आधुनिक र विकसित देश बनाउन सइदले महत्वपूर्ण भूमिका खेलेका थिए । ओमानमा सुल्तानको निधनपछि तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्