ओमानको नयाँ सुल्तानको नाम बन्द खामबाट निस्किएको छ । सन्तानविहिन सुल्तान कबुज इन सइदले मर्नुअघि दुईवटा सिलबन्दी खाममा एउटा नाम लेखेका थिए । जो नयाँ सुल्तान भएका छन् ।
खाममा हैथम विन तारिक अल सइदको नाम थियो । उनी सुल्तानका तीनवटा भतिजामध्येका थिए । सुल्तान कबुत सन्तानविहिन भए । उनका दाजुभाई पनि थिएनन् । त्यसैले उत्तराधिकारी चयनका लागि उनलाई निकै हम्मे परेको थियो ।
सन् २०११ मा पाँच सदस्यीय परिषद् गठन गरे । जसले उत्तराधिकारीबारे नीति बनायो । ओमानको कानुन अनुसार उत्तराधिकारी मुस्लिम, पाको, विवेकशील र ओमानी मुस्लिम अभिभावकको छोरा हुनुपर्ने उल्लेख छ । सुल्तान खबुजका सन्तान भएनन् । उनका दाजुभाई पनि थिएनन् । त्यसकारण पनि अन्य विकल्पमा जानुपर्यो ।
ओमानको राजपरिवारमा सहमति नहुँदा सुल्तानले लेखेको खामबन्द नामबाट चयन हुने उल्लेख छ । शनिबार विहान कजुजको निधन भयो । त्यसपछि उत्तराधिकारी छनोट परिषद्ले खाम खोल्दा हैथमको नाम थियो ।
हैथम पूर्व संस्कृति मन्त्री हुन् । उनले सपथ पनि थिइसकेका छन् । ७९ वर्षीय सुल्तान कबुजको निधन भएपछि यसको औपचारिक घोषणा अघि नै हैथमले सपथ लिए ।-एजेन्सीको सहयोगमा Photo Source: Gulfnews