काठमाडौं, ९ माघ । राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भउकी हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरेकी हुन् । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार छिन् ।