Logo

कोरोना भाइरस: मर्नेको संख्याले ‘रेकर्ड’ तोड्यो



काठमाडौं, माघ ११ । चीनमा कोरोना भाइरसको प्रकोपले भयावह रुप लिइरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमले बताएका छन् । शनिबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसबाट ४१ जनाको मृत्यु भएको र यसको संक्रमण एक हजार २ सय ८७ जनामा देखिएको जानकारी सुचना जारी गरेको छ ।

भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ। कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ। शुत्रबार मात्रै नेपालको स्वास्थ मन्त्रालयले एक जना नेपालीमा पनि सक्रमण देखिएको पत्रकार सम्मेलन गररै जानकारी गराएको छ । चीनको वुहानमा बसेर अध्ययन गर्दे आएका नेपाली विद्यार्थी विदामा नेपाल आएका थिए ।

जोखिम नियन्त्रणका लागि भन्दै सरकारले चीनका तीन सहरमा यातायात लगायत आवतजावत बन्द गर्ने घोषणा गरेको थियो। वुहानसहित हुआङगाङ र इझौ सहरमा आवतजावत रोक्ने चीन सरकारले निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot