Logo

कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै



काठमाडौं, १२ माघ । कृषि सचिव डा.युवकध्वज जिसी संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा जागिर खानको लागि राजीनामा दिने तयारीमा पुगेका छन् । उनीनिकट स्रोतले जनाएअनुसार जिसीले छिट्टै राजीनामा दिने भएका छन् ।

विश्व खाद्य कार्यक्रमको आग्रहमा जिसी बैंकक जान लागेका हुन् । उनले त्यहाँ बसेर रिजनल प्रमुखको जिम्मोवरी सम्हाल्ने बुझिएको छ । जिसीले उच्च श्क्षिा बेलायतमा हाँसिल गरेका हुन् भने आफ्नो विद्यावारिध भने युरोपको स्विट्जरल्याण्डबाट हाँसिल गरेका हुन् । उच्च शिक्षाको लागि मात्रै उनले युरोपमा दश वर्षभन्दा बढि समय व्यतित गरेका थिए ।

जिसी ‘खाद्य तथा पोषण सुरक्षा’ सम्बन्धी विज्ञ हुन् । पोषणयुक्त खाद्य सम्बन्धी अन्तर्रा्ष्ट्रिय गोष्ठीमा समेत उनले धेरै पटक भाग लिईसकेका छन् । सचिवको हैसियतमा उनले दीगो विकास लक्ष्य हासिल हुनेगरी गरिबी निवारण गर्न र षोषणयुक्त खाद्य बस्तु उत्पादनमा विशेष भूमिका निर्वाह गरेका थिए ।

विश्व खाद्य कार्यक्रमको लागि बैंककमा बसेर रिजनल प्रमुखको जिम्मेवारी सम्हाल्नको लागि आएको अवसरलाई खेर फाल्न नहुने सुझाव आएपछि उनी यो बैंककतर्फ प्रस्थान् गर्ने तयारीमा जुटेका छन् । ‘सम्भवतः उहाँले सचिवबाट छिट्टै राजीनामा दिनुहुनेछ’–मन्त्रालय स्रोतले भन्यो,‘उहाँ बैंकक जाने अन्तिम तयारीमा जुटिसक्नुभएको छ ।’

जिसीको कार्यशैलीलाई मन्त्रालयका सबै कर्मचारीहरुले मन पराएका छन् । कतिसम्म भने उनी सचिव हुँदो धेरै सरकार फेरबदल भए । यो बीचमा धेरै मन्त्रीहरु पनि नयाँ आए । तर, उनलाई भने कसैले पनि सरुवा गर्न चाहेनन् । कारण उनको कार्यशैली हो । file photo



प्रतिक्रिया दिनुहोस्