Logo

कमिशनका लागि बाइक



काठमाडौं, १४ माघ । जनताको कर सत्तामा भएका व्यक्तिहरुले कसरी उडाउँछन् भन्ने कुरा महान्यायाधिवक्ताको कार्यालयमा हेर्दा पुग्छ । सर्वाेच्च अदालतसँगकै नयाँ कार्यालय बनाउँदै गर्दा हाल महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारस्थित पहिलाको सामान्य प्रशासन मन्त्रालयमा सरेको छ ।

मन्त्रालयमा पार्किङमा हे¥यो भने देशको कर्मचारीतन्त्रको वास्तविक चरित्र थाहा हुन्छ । पार्किङमा चार वटा नयाँ मोटरसाइकल महिनौंदेखि थन्क्याइएको छ । ती पुराना मोटरसाइकल होइन । नयाँ मोटरसाइकल हुन् । नम्बर प्लेटसमेत राखिएका छैनन् ।

करिब १२ लाखमा किनिएका ती मोटरसाइकल पार्किङमा राखेर बिग्रिएका छन् । किनकि कर्मचारीको आवश्यकताका लागि मोटरसाइकल खरिद गरिएको होइन । कमिसनका लागि खरिद गरिएको थियो । त्यहीकारण अहिले त्यत्तिकै बिग्रिएका छन् ।

कर्मचारीहरुले कसरी ढुकुटीको दोहन गर्छन् भन्ने यो एउटा उदारण मात्र हो । हरेकजस्तो सरकारी कार्यालयमै यस्तै फजुल खर्च हुने गरेको छ । त्यसमाथि प्रधानमन्त्रीका विश्वासपात्र अग्नि खरेल अहिले महान्यायाधिवक्ता छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्