Logo

कहिले हट्छ तराईको हुस्सु ? यस्तो छ आजको मौसम



काठमाडौं,माघ १५ । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ। देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको पनि बताएको छ । बुधबार देशका उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु(भागका एकरदुई स्थानमा भारी हिमपातको संभावना रहेकाले घरबाहिर निक्कदा सर्तकता अपनाउन आग्रह गरिएकोे छ।

बुधबार राती देशभर सामान्य देखि पुर्ण बदली रहने महाशाखाले जनाएको छ । पश्चिमी र मध्य भू(भागका अधिकांश स्थानहरु र पूर्वी भु(भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ भने उच्च पहाडी तथा हिमाली भु(भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको पनि महाशाखाद्वारा जारी सन्देशमा उल्लेख छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु(भागका एक वा दुई स्थानमा भारी हिमपात हुने देखिन्छ ।

विहिबारदेखि तराईका भूभागमा लागेको हुस्सुरकुहिरो मध्यान्न पछि बिस्तारै हटेर जाने भएको छ। कुहिरो लागेको स्थानहरुमा मध्यान्नसम्म राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्