Logo

मालपोतका कार्यालय सहयोगीको महल र विलासी गाडीसहित नौ करोड अवैध सम्पत्ति



काठमाडौं, १६ माघ । मालपोतका उच्च तहका कर्मचारीले करोडौं सम्पत्ति आर्जन गरेको त सुनिएकै हो । तर, कार्यालय सहयोगीले नै करोडौं सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भने कमै सुनिएको छ ।

मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । उजुरीका क्रममा अनुसन्धान गर्दै जाँदा उनको अवैध सम्पत्ति देखेर अख्तियारका कर्मचारी नै छक्क परे ।

राजेन्द्र बस्नेत मिति १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका उनको ३१ वर्षीय सेवा अवधिमा नौ करोड अवैध कमाई गरेको अख्तियारले जनाएको छ ।

जागिरे अवधिलाई जाँचअवधि लिएर अनुसन्धान अनुसन्धान तहकिकात गर्दा निजको तलब पारिश्रमिक बचत आय र घरजग्गा बिक्री र सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी चौहत्तर लाख त्रिहत्तर हजार तीन सय त्रिहत्तर मात्र वैध आय आर्जन भए गरेको देखिएको अख्तियारले जनाएको छ ।

मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरी राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको भन्ने कसुर उपर विशेष अदालतमा मुद्दा दायर हुँदा ११ लाख समेत बरामद भएको पाइएको उल्लेख छ ।

अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट बस्नेतले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा दर्ता कायम रहने गरी जग्गारसवारी साधनरव्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

राजेन्द्र बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर समेत पौने सात करोड¸ आमा टुकु कुमारी बस्नेतको नाममा रहेको जग्गामा बस्नेतले लगानी गरी बनाएको घर निर्माणमा झण्डै ६३ लाख कर्जा एवं सापटी चुक्ता प्रयोजनमा झण्डै ४० लाख जीवन बीमाका विभिन्न पोलिसीहरुमा प्रिमियम शुल्कमा पाँच लाख ७० हजार¸ सवारी साधन खरिदमा ३७ लाख, अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा १५ लाख, पुँजिगत लाभकरमा साँढे तीन लाख, छोरा छोरीको शैक्षिक खर्चमा झण्डै १८ लाख¸ शेयर खरिदमा १८ हजार, भ्रष्टाचारजन्य कसुर उपरको अनुसन्धानमा पक्राउ पर्दा उनको साथमा फेला परेको स्रोत नखुलेको नगद ११ लाख, श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाइ भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई कृपा बस्नेतको नामबाट लगानी गर्नमा एक करोड र राजेन्द्र बस्नेत एवं उनका परिवारका सदस्यहरुको नाममा संचालित विभिन्न बैंक खाताहरुमा जाँचअवधिमा देखिएको अन्तिम मौज्दात झण्डै छ लाख समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा विभिन्न शीर्षकमा खर्च एवं लगानी गर्नमा उनले नौ करोड त्रिहत्तर लाख एकतीस हजार नौ सय छयासी खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।

बस्नेतको वैध आय ७४,७३,३७३ रुपैयाँको तुलनामा ८¸९८¸५८¸६१३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र रुपैयाँ उनले स्रोत पुष्टि गर्न नसकेको जनाइएको छ ।

गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले राजेन्द्र बस्नेतलाई जम्मा बिगो आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र रुपैयाँ कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

अख्तियारले राजेन्द्र बस्नेत तथा सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती सीता बस्नेत¸ आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot