भारतको नयाँ दिल्लीस्थित जामिया मिलिसिया विश्वविद्यालयमा जारी आन्दोलनका क्रममा एक १७ वर्षे किशोरले घरेलु बन्दुक चलाएका छन् । उनले प्रदर्शनकारीको भीडमा पसेर पछि अगाडि पुगी बन्दुक चलाए ।
आफ्नो फेसबुक खाता मार्फत बन्दुक देखाएर शूट गरिरहेको भिडियो सार्वजनिक गर्दा उनको खाता फेसबुकले प्रतिबन्ध लगाएको छ । समाज विरोधी कार्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दा उनको फेसबुक खातामा प्रतिबन्ध लगाइएको जनाइएको छ । उनको खाता विहीबार करिब ५ः३० बजेबाट प्रतिबन्ध लगाइएको हो ।
फेसबुकमा हिंसक गतिविधीका लागि स्थान नरहेको भन्दै उनको फेसबुक खाता प्रतिबन्ध लगाइएको जनाएको छ । फेसबुक कम्पनीका प्रवक्ताले उनको गलत गतिविधीलाई साथ दिने समेतलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । किशोरको सुटिङका प्रमाणहरु फेसबुक र दिल्ली प्रहरीले खोजिरहेका जनाइएको छ । उनले जारी गरेको भिडियोले अत्याधिक मात्रामा प्रोत्साहन समेत भेटेको थियो ।
भिडिया राखेको करिब तीन घण्टामा उनले निकै चर्चा कमाएका थिए । उक्त भिडियोलाई ६५ हजार जनाले हेरेका जनाइएको छ । यस्तो प्रकारको हिंसात्मक गतिविधीले यर्थाथ जीवनमा असर पर्ने सो कारणले उनको सामाजीक सञ्जालमा प्रतिबन्ध लागाइएको छ ।