Logo

अन्ततः तोडियो ईयू-बेलायत सम्बन्ध



काठमाडौं, माघ १८ । लामो अन्योल, राजनीतिक उतारचढाव र विभाजनपछि अन्ततः बेलायत ईयूबाट औपचारिक रुपमा अलग्गिएको छ । ब्रिटिस जनताले ईयूबाट अलग्गिने पक्षमा मतदान गरेको एक हजार ३ सय १८ दिनपछि बेलायत शुक्रबार राति ११ बजेदेखि ईयूबाट छुटिट्एको हो । गत २३ जुन, २०१६ मा भएको ईयू जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत जनताले अलग्गिने पक्षमा मत हालेका थिए ।

बेलायत र ईयूबीचको ४७ वर्षदेखिको सम्बन्ध अबऔपचारिक रुपमा विच्छेद भएको छ। ईयू इतिहासमा अहिलेसम्म कुनै पनि सदस्य राष्ट्रको बहिर्गमन भएको थिएन्। सन् १९७३, १ जनवरीदेखि युरोपियन क्लब प्रवेश गरेको ब्रिटेन १७ हजार १९७ दिनपछि शुक्रबार बाहिरिएको हो।

बेलायतले शुक्रबार विशेष कार्यक्रमसहित ईयूलाई बिदाइ गरेको छ। प्रधानमन्त्री बोरिस जोनसनले आफ्‍नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा लेजर शो आयोजना गरे। उनले ह्‍वाइट हलमा दीप प्रज्‍ज्‍वलन गर्नुका साथै छुट्टिनुअघि देशवासीका नाममा टेलिभिजनबाट विशेष सम्बोधन गरेका थिए। उनले आफ्‍नो सम्बोधनमा ब्रेक्जिटलाई एउटा ‘नयाँ बिहानी’ भनेका छन्।

‘आजको रात भन्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो सुरुवात हो,’ एउटा भिडियो सन्देशमा उनले भने, ‘यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot