Logo

देउवा सफल सभापति होईन् : गिरी (भिडियोसहित)



काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले आफ्नो पार्टी अहिलेपनि जीवन्त रहेकोले मुलुकमा हुने सबै खाले भ्रष्टाचार, कुरीतिको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका छन् । कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले सोहीअनुसार आफ्नो चरित्र प्रदर्शन गरिरहेको पनि गिरीको भनाई छ ।

उनले भने,‘अहिले कांग्रेस सुस्त भयो भनेर हल्ला भैरहेको देखेको छु, तर यो सत्य होईन् । प्रतिपक्षी भन्नेबित्तिकै तोडफोड गर्नुपर्छ भन्ने हो भने पनि गलत हो । तर, हाम्रो पार्टीले सही तवरले आवाज उठाइरहेका छौं ।’ शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गिरीले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो व्यक्तित्वअनुसार पार्टी सञ्चालन गर्न नसकेको आरोप लगाए । उनले भने,‘उहाँलाई म असफल सभापति त भन्दिन् । तर, उहाँ सफल पनि होईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot