Logo

चीनको हुबेईबाट नेपाली फर्काइँदै (फर्कन फाराम भर्ने लिंकसहित)



काठमाडौं, १८ माघ । सरकारले कोरोना भाइरस प्रभावित चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने भएको छ । उनीहरुलाई विशेष विमानबाट नेपाल फर्काउने तयारी भइसकेको छ ।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार एक सूचना निकालेर फर्काउने प्रक्रिया बढाएको हो । दूतावासले आइतबार विहान ९ बजेभित्र फाराम भर्न समेत सूचना निकालेको छ ।

चीनबाट स्वदेश फर्काइने नेपाली नागरिकहरुलाई केही दिन चिकित्सकको विशेष निगरानीमा छुट्टै राखिने तयारी समेत पूरा भएको बुझिएको छ । हुबेईमा पढ्न र घुम्न गएका नेपालीहरु रहेका छन् ।

दूतावासले विच्याटमा सूचना राखिसकेको छ । नेपालीहरुलाई फाराम भर्न दूतावासले वेवसाइटमै व्यवस्था गरेको छ । नाबालिगको हकमा अभिभावकले फाराम भरिदिनसक्नेछन् ।

दूतावासले कुनै अलमल भएमा १५७०१२८५७६३ नम्बरमा सम्पर्क गर्न भनेको छ ।

फाराम भर्नका लागि दूतावासको यो लिंकको व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot