Logo

चीनबाट उद्वार गरी ल्याइने विद्यार्थीलाई कहाँ राख्ने?



काठमाडौं, माघ १९ । कोरोना भाइरस प्रभावित चीनको हुपे प्रान्तबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीलाई कहाँ राख्ने भन्ने एकिन हुन सकेको छैन् । छात्रावास र होटलमा बन्दी जस्तै बनेर बस्नु परेको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्वारकोलागि आग्रह गरेका छन् ।

हुपे प्रान्तमा मात्र्रैझन्डै २ सय नेपाली विद्यार्थी छन् । उनीहरुलाई चार्टड विमानबाट ल्याएपनि नेपालमा कहाँ राख्ने भन्नेबारे सरकारले निणर्य गर्न सकेको छनै । चीनबाट ल्याएपछि परिक्षणको लागि केहि दिन विशेष निगरानीमा राख्नु पर्ने भएपनि कहाँ राख्ने भन्नेबारे अन्यौल कायमै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, छाउनीस्थित नेपाल आर्मी अस्पताल, नेपाल प्रहरीको अस्पताल वा अन्य कुनै खुला ठाँउमा राख्नेबारे छलफल भएपनि निणर्य भएको छैन् । अहिले सक्रमणको संका लागेका विमारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका मात्रै उपचारको लागी जाने गरेका छन् । अन्य नीजि अस्तापलले भने त्यस्ता व्यक्तिहरुलाई अस्पतालमा उपचार गर्न चासो नदेखाएको गुनासा बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार चीनबाट ल्याउने विमारीलाई केहि दिन छुट्टै स्थानमा राख्नुपर्ने हुन्छ । ‘कम्तीमा १४ दिनसम्म संक्रमणको अवधि मानिन्छ’, उनले भने, ‘त्यस अवधिसम्म एकान्तमा राख्नुपर्ने हुन्छ।’

सम्पर्कमा आएका अन्य व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट भाइरस सर्ने सम्भावना हुने भएकाले उनीहलरुलाई निगरानीमा राख्नुपर्ने उनको भनाई रहेको छ ।सरकारले चार्टर्ड विमानमार्फत कति जनालाई उद्धार गरी ल्याउन लागेको छ भन्नेबारे यकिन तथ्यांक सार्वजनिक गर्न सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot