Logo

विद्यालयका दुई बसमा आगजनी



हेर्टौँडा, १९ माघ : हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ ।

ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्काे आंशिक क्षति भएको जनाइएको छ ।

स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot