Logo

सहकारी संस्थाद्वारा बस सेवा सञ्चालन



गलकोट, २१ माघ : बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिए। “बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौँ”,उनले भने, “आफ्ना शेयर सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।”

बागलुङ बजारदेखि बिहु“ सुल्डाँडा हुु“दै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई रु ११० र अन्य यात्रुलाई रु १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिए । लालिगुरा“स बहुउदेश्यीय सहकारीमा लेखानीका एक हजार १०० शेयर सदस्य र रु एक करोड ५८ लाख शेयरपू“जी रहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्