काठमाडौ । नेपाल प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालको जागीर कुन दिन सकिन्छ र राजनीतिक पहुँचका आधारमा अपराधको बर्को ओढ्न पाइने हो भन्ने गिरोह अहिले सक्रिय हुन थालेको छ । केही समयका लागि आउने अर्का आईजी जो भए पनि राजनितिक पहँुचका आधारमा तह लगाउन सकिन्छ भन्ने ‘मनको लड्डु’ बाँडुन थालिएको छ ।
अझ राजनितिक रुपमा आपराधिक समुहसंगको सम्र्पकमा रहेका कतिपय त आइजी खनाल गए तस्करी धम्की फिरौती उठाउनेलगायतका कामका टाउको उठाउन पाइने रहर पनि पालेका छन् । आईजी खनालले जुवा, अड्डा, बैकिङ र वित्तिय अपराधमा समेत कडाई गरिदिँदा, भनसुन नसुन्ने गरी कारबाहीमा पठाईदिँदा चिढिनेको सख्या कम छैन ।
अझ पुर्वसभामुख कृष्ण बहादुर महरालाई समेत पक्राउ गरी कारबाहीमा पठाएपछि आईजी खनालको जागिर अवधी सकियोस् भन्न चाहने गिरोह पनि रहेको छ । (जनप्रहार)