Logo

कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !



रिपोर्टर्स नेपाल, २१ माघ । कोरोना भाइरस चीनबाट उत्पत्ति भई विश्वभर फैलिइरहँदा अमेरिकाले यसलाई अवसरका रुपमा लिन थालेको छ । कोरोना भाइरसका कारण चीनमा संकट आउँदा गत बिहिबार अमेरिकी वाणिज्यमन्त्री विलबर रोजले अब अमेरिकामा बढी रोजगारीको अवसर सृजना हुने अभिव्यक्ति दिए ।

अमेरिकाले चीनप्रति कडा नीति अबलम्बन गरिसकेको छ । चीनमा यात्रा नगर्न सचेत गराएको छ भने चीनबाट वा चीन भएर आउने यात्रीलाई अमेरिकामा दुई साताका लागि यात्रा प्रतिबन्ध लगाएको छ । यसलाई चीनले सकारात्मक रुपमा लिएको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनिङले बेइजिङमा पत्रकार सम्मेलनमा कोरोना भाइरसबारे अमेरिकाले त्रास फैलाएको आरोप लगाइन् । उनले निरन्तर त्रास र भ्रम फैलाइरहेको आरोप समेत गराइन् ।

विश्व राजनीति र अर्थतन्त्रमा चीन अमेरिकाको मुख्य प्रतिद्धन्द्धी हो । त्यसैले उसले कोरोना भाइरसका कारण संकटमा रहेको चीनलाई कमजोर पार्ने अस्त्रका रुपमा प्रयोग गरेको देखिदै गएको छ । धेरैजसो पश्चिमा मुलुकहरुले चीनमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । यसले चीनको अर्थतन्त्रमा ठूलो नोक्शानी पर्न सक्छ ।

अमेरिका चीनप्रति कोरोना भाइरसको विषयलाई लिएर जसरी प्रस्तुत भएको छ त्यसलाई चीनले अनैतिक समेत भनिसकेको छ । उसले अमेरिकाको चीनप्रतिको पछिल्लो कदम सँसारभरकै लागि खराब उदाहरण बनेको समेत उल्लेख गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक हुने गरेको ग्लोबल टाइम्सको यसै हप्ताको सम्पादकीयमा यात्रा प्रतिबन्धलाई अनैतिक भन्दै चीनले सावधानी अपनाउँदा अमेरिकी नीति नकारात्मक भएको टिप्पणी गरेको छ ।

अमेरिकामा सन् २००९ मा उत्पत्ति भएको भनिएको भाइरस एच वान एन वानबारे सन्दर्भ उल्लेख गर्दै त्यसबेला अमेरिकाप्रति चीनले अहिले जस्तो शैली नपअनाएको उल्लेख गरेको छ । सँसारभर दुई लाख ८४ हजार मानिसको ज्यान गएको तथ्यांक प्रस्तुत गर्दै अमेरिकाले रोगविरुद्ध प्रभावकारी नियन्त्रण उपाय अबलम्बन गर्न नसकेको आरोप लगाउँदै कोरोनाभाइरसभन्दा घातक रोग अमेरिकामा उत्पत्ति भएको भनेको छ ।
कोरोना भाइरसको संक्रमणले संकटमा परेको चीनसँगै एशियाको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिएको छ ।

एशियाली देशहरु भारत, नेपाल, जापान, थाइल्यान्ड, फिलिपिन्सलगायतमा संक्रमण देखिएको छ । यसले पर्यटनमा नकारात्मक असर पर्न सक्छ । यसलाई पश्चिमाहरुले लाभको अवसरका रुपमा हेर्न थालेबाट कतै कोरोना भाइरस अस्त्रका रुपमा त प्रयोग गरिदै छैन भन्ने विश्लेषण समेत भएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot