Logo

३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस



जापानमा समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । ३७ सय पर्यटक बोकेको जहाजमा दश जनामा संक्रमण भेटिएको जनाइएको छ ।

जापानी मन्त्री काटसुनोबु काटुले परीक्षणका क्रममा ३१ मध्ये दशजनामा संक्रमण भेटिएको जनाएका छन् । पर्यटकहरुमध्ये धेरैजसो विरामी परेपछि परीक्षण भएको थियो । संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

जहाजमा विरामी परेपछि समुन्द्री सुरक्षाकर्मीले जहाजलाई किनारमा ल्याएर यात्रीलाई झारेका थिए । तर, जहाजलाई बन्दरगाहमा लान नदिइएको बुझिएको छ ।
२० जनवरीमा योकोहामाबाट छुटेको जहाज ३ फेब्रुअरीमा फर्किएको थियो । जहाज ओकिनावा र क्युशु टापुका अलावा हङकङ र भियतनाममा रोक्किएको थियो ।

जपानमा अहिलेसम्म २३ वटा कोरोना भाइरसको विरामी भेटिइसकेका छन् ।-एजेन्सी Photo Source: JIJI



प्रतिक्रिया दिनुहोस्

Screenshot