Logo

गच्छदार सांसदबाट निलम्बित



काठमाडौं, २२ माघ । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अन्ततः ललिता निवास जग्गा प्रकरण विशेष अदालतमा, कोको परे फन्दामा ?

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। गच्छदारले नै बालुवाटारमा प्रधानमन्त्री निवासभित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए। file photo

 



प्रतिक्रिया दिनुहोस्