काठमाडौं, २३ माघ । संखुवासभाको अरुण नदीमा बन्ने बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि लगानी बोर्डले वित्तीय व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बोर्डको त्रिचालिसौं बैठकले यस्तो स्वीकृति प्रदान गरेको हो ।
नै सय मेगावाट क्षमताको जलाशययुक्त सो आयोजना निर्माणको जिम्मा भारतीय सतलज जलविद्युत निगमले पाएको छ । डिपिआर अनुसार एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएपनि पछिल्लो समय करिब एक खर्ब ४४ अर्ब लागत अनुमान गरिदैछ । यो आयोजना ४० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा बन्ने वित्तीय मोडालिटी तय भएको छ ।-गोरखापत्र दैनिकबाट