Logo

ललिता निवास जग्गा प्रकरणः गच्छेदार १० करोड विगोसहित १३ बर्ष जेल जानसक्ने



काठमाडौं, माघ २३ । ललिता निवास जग्गा अनियमियता प्रकरणमा संलग्न सबै विरुद्व बुधबार मुद्वा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा अनियमियता गरेको आरोपमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

बालुवाटारमा रहेको कुन तीन सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखत गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहित पूर्व मन्त्री लगायत विरुद्व मुदा दायर भएको हो ।

अख्यितारका स्रोतका अनुसार आरोप प्रमाणित भए गच्छादारले झण्डै १० करोड रुपैयाँ बिगो र न्यूनतम १० बर्षदेखि १३ वर्षसम्म कैद सयाजको माग गरिएको छ ।

एक करोडभन्दा बढी भ्रष्टाचार गरेको अवस्थामा आठ देखि दश वर्षसम्म कैद सजाय हुने र सार्वजनिक पदमा बाहल रहेर उक्त कसुर गरेमा थप तीन वर्ष सजाय हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार गच्छादारविरुद्ध ११ देखि १३ वर्षसम्म कैद सजाय माग गरिएको स्रोतका दाबी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot