Logo

माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट



काठमाडौं, २३ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले चालेको कदम र प्रयत्नको स्वागत गरेका छन् । उनले आज ट्विट गर्दै भनेका छन्,‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ।’

त्यतिमात्रै नभएर उनले यो प्रकरणमा मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिएकोमा पनि कडा असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्,‘प्रथम दृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ।मन्त्री दोषी तर प्रम निर्दोष देखिदा ..२”

उनले अघि लेखेका छन्,‘मैले पनि असहजता महसूस गरेको छु!सुर(असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’

भट्टराईले नाम नलिईकन पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेकपाका महासचिव विष्णु पौडेलमाथि मुद्दा नचलाईएकोमा कडा आलोचना र असन्तुष्टी पोखेका छन् ।उक्त प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले आफू देशका लागि ‘निलकण्ठ’ बन्न तयार रहेको पनि बताएका छन् । जग्गा प्रकरणमा नाम जोडिएपछि असहजता महसूस गरेको बताएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot