Logo

डब्लुएचओद्धारा चीनको प्रशंसा



काठमाडौ,माघ २३ । जेनेभा –चीनमा हालै फैलिइरहेको नोवेल कोरोना भाइरस संक्रमण लाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठन ले प्रशंसा गरेको छ ।
डब्लुएचओ का प्रमुख डा टेड्रोस एड्रहानम घेब्रेयससुले चिनियाँँ को कदम ‘उपयुक्त ’ भएको उल्लेख गर्दै त्यसका कारण अन्य विश्व संकटबाट बाचिँरहेको जनाए । चीनले भाइरसको प्रकोप सुरुमै रोक्न नसकेको भन्दै आलोचना भइरहेको बेला डब्लुएचओ ले प्रशंसा गरेका हो ।

जेनेभामा बोल्दै घेब्रेयसुसले चीनले प्रकोप थप फैलिन नदिन तथा नियन्त्रण गर्न प्रयास गरिररहेको त्यसलाई हेर्नुपर्ने बताए । चीनको राजनितिक नेतृत्वले कोरोना भाइरसको प्रकोपसँग जुध्ने क्रममा ‘सरकारी कमजोरी र अपुर्णता’ पाइएको स्वीकारेको भोलीपल्ट घेब्रुयसुसको उस्तो भनाई आएको हो । डब्लुएचओ ले कोरोना को प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि यो महामारीको अवस्थामा पुगिसकेको छैन । चीन सरकारले सूरुमा यस भाइरसको संवेदनाशीलतालाई कम आंकलन गरेका र त्यसैका कारण यसको समाचार लुकाउन खोजेको आरोपसमेत झेलेको थियो । हालसम्म कोरोना भाइरसको संक्रमण कारण ४ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ । (कान्तीपुरबाट)



प्रतिक्रिया दिनुहोस्