Logo

प्रत्यक्ष लाभ लिएको मान्छे उम्केको भन्दै विष्णु पौडेलमाथि बाबुरामको कठोर अभिव्यक्ति



काठमाडौं, २३ माघ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै निर्दाेष व्यक्ति फस्न नहुनेमा जोड दिएका छन् ।

डा भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन प्रक्रिया गलत रहेको जिकिर गर्दै ऐन, कानून परिणाममुखी नभई प्रक्रियामुखी रहेको जिकिर गरे । उनले प्रक्रियागत त्रुटिका कारण गल्ती नगरेको मानिस फस्ने र गल्ती गरेको मानिस उम्कने सम्भावना रहेको टिप्पणी गरे । उनले भने अख्तियारले मुद्दा दायर गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।

“नियतवश भ्रष्टाचार गरेको छ, जालझेल गरेर नीति–निर्माणमा असर गरी प्रत्यक्ष लाभ लिएको मान्छे उम्केको र परिवन्धवश परेका मान्छे कारवाहीमा परेको देखिन्छ, यसले न्याय गर्दैन गम्भीरतापूर्वक हेर्नुपर्छ”, डा भट्टराईले थपे । उनले आफ्नै मन्त्रिपरिषद्का मन्त्री चन्द्रदेव जोशी पनि परेको उल्लेख गर्दै जोशीले भ्रष्टाचार गरेको भन्नेमा विश्वास गर्न नसकिने दाबी गरे । file photo/mukunda kalikkote



प्रतिक्रिया दिनुहोस्