काठमाडौ । बैंक तथा वित्तिय संस्थाको कर्जा कडाई र सरकारले जग्गा कित्ताकाट रोक लगाइएपछि घरजग्गा व्यवसायमा मन्दी आएको छ । मन्दीका कारण विगत दुई वर्षदेखि नयाँ परियोजना आउन सकेको छैनन । पुराना परियोजना अलपत्र छन् । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबार बाट चालु आर्थिक वर्षको पुसमा देशभर एक अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।मंसिरमा एक अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
साउन, भदौ र असोजमा १३ अर्ब ५४ करोड राजश्व संकलन भएको विभागले जनाएको छ । यो गत वर्ष को तुलनामा निकै कम हो । घरजग्गा कारोवारबाट गत वर्ष ४८ अर्ब रुपैयाँ राजश्व संकलन भएको थियो ।
उपत्यकाका नौवटा मालपोत कार्यालयबाट हुने घरजग्गा कारोबारमा चालु आर्थिक वर्ष भारी गिरावट आएको छ । विभागका अनुसार गत आवमा डिल्लीबजार मालपोत कार्यालयबाट चार अर्ब ७६ करोड , कलंकी मालपोतबाट तीन अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । १० लाख माथीको कारोबार व्यावसायीक लाभकर तिर्नुपर्ने प्रावधान छ । घरजग्गा कारोबारमा व्यवसायीक लाभकर तिर्नुपर्ने प्रावधान छ । घरजग्गा कारोबार घटेसँगै पुजिँगत लाभकरमा कमी आएको छ ।(अन्नपुर्णबाट)