Logo

नुवाकोट महोत्सवमा पाँच करोड कारोवार



नुवाकोट, २८ माघ : छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६ गते शुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए ।

महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरुमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot