Logo

पूर्व डिआइजी अधिकारीले अवकाश पाएकै मध्यराति किन लेखे- दलाल साम्राज्य मुर्दावाद



काठमाडौं, २९ माघ । नेपाल प्रहरीका निवर्तमान डिआइजी पिताम्बर अधिकारीले आफ्नै पूर्व संगठनविरुद्ध सामाजिक सञ्जालमा लखेका छन्, त्यो पनि अवकाश पाएकै मध्यराति ।

पूर्व डिआइजी पिताम्बर अधिकारीले गएराति १२ बजेबाट औपचारिक रुपमा अवकाश पाए । उनले उकुसमुकुस ट्वीटरमा लेखेका छन् । त्यो पनि अवकाश पाएकै मध्यराति । उनले ट्वीट गरेका छन्, ‘अब नेपाल प्रहरी व्यवसायिक बनोस दलालहरुको ब्युहमा नफसोस । दलाल साम्राज्य मुर्दावाद ।’

निवर्तमान आइजीपी सर्वेन्द्र खनालका ब्याची अधिकारी आजबाट अवकाश भएका छन् । एसएसपी हुँदासम्म आइजीपीका दाबेदारका रुपमा मानिएका उनी डिआइजी बढुवामा पछि परेका थिए । त्यसपछि पनि अधिकारीले आकर्षक स्थानमा सरुवा पाएका थिए ।

अधिकारीले यसो लेख्ने वित्तिकै उनको पक्ष र विपक्षमा रिट्वीटरहरु भएका छन् । मिलन लिम्बुले प्रतिक्रिया दिदै ‘बहाल रहेको बेला तपार्यं पनि दलालहरुको घेरामा रमाउनु भएको थियो ? यदि होइन भने बहाल रहेको बेला यो बोल्ने किन आँट गर्नुभएन ?’ भनी प्रश्न गरेका छन् ।

जवाफमा अधिकारीले ‘रमाए कि रमाईन तपाईँले जे देख्नु भो त्यही सदर । हामी भाषण गर्दै हिंड्ने होइन काम गर्ने व्यवसायिक प्रहरी बन्नुपर्छ भन्ने मेरो भाव हो,’ भनेका छन् ।
अधिकारी पछिल्लो समय निवर्तमान आइजीपी अधिकारीसँग नजिक रहेर काम गरेका थिए । उनी मिडियामा छाइरहन्थे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot