Logo

एमसीसी प्रतिवेदन बनेन, अमेरिकाको दबाब बढ्दो



माघ २९, काठमाण्डौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित हुने विषय थप जटिल बन्दै गएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र एमसीसी सम्झौता संशोधन सहित पारित गर्नु पर्ने माग उठीरहंदा अमेरिकी प्रतिनिधिले त्यस्तो भए मान्य नहुने बताएपछि थप जटिल र अन्यौल बढेको हो । उता नेकपाले एमसीसीबारे टुंगो लगाउन बनाएको कार्यदल समेत के गर्ने भन्नेमा अलमलमा परेका छन ।

अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएपछि एमसीसी सम्झौता संसदबाट पास हुने नहुने भन्ने थप अन्यौल बढेको हो ।

एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका थिए । कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले अबको परिवर्तन अमेरिकालाई मान्य नहुने बताएपछि यसबारे नेकपाभित्र मात्रै होइन सिंगो नेपाली राजनीतिमै एमसीसीको भविष्याबारे बहस सुरु भएको छ ।

एमसीसी कम्प्याक्टबारे परामर्शका लागि आएका ब्रुक्सले प्रधानमन्त्री केपी ओली, एमसीसीबारे अध्ययन गर्न बनेको सत्तारुढ दलको कार्यदल संयोजक पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वगृह÷रक्षामन्त्री भीम रावल, अन्य नेता तथा सरकारी अधिकारीसँग भेट गरेका थिए । उनी मंगलबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली सहित सवैले एमसीसी पास हुनेमा कुनै समस्य नभएको भन्दै आश्वस्त बनाएका थिए । उता सत्तारुढ नेकपाले एमसीसी अध्यायन गर्न बनाइएको कार्यदललाई दिइएको १० दिनको समय सिमा समेत बुधबार सकिएको छ । तर प्रतिवेदन बुझाउन सकेन ।

कार्यदलका संयोजक झलनाथ खनालले सुझावसहितको निचोड निकाल्न अझै केही समय लाग्ने भएकोले केही दिन थप समय माग्ने तयारीमा रहेको जानकारी दिए । दलभित्र अमेरिकालाई हेर्ने नीति र सहयोगमा ध्रुवीकरण तथा तीव्र विवादले गर्दा एमसीसी अध्ययनका लागि कार्यदल गठन गर्नुपरेको थियो ।

गत असार ३० मा प्रतिनिधिसभा विधेयक शाखामा एमसीसी अनुमोदनका लागि दर्ता भए पनि अझै अनुमोदन हुन नसकेपछि अमेरिका पछिल्लो समय एमसीसीबार शंसंकीत भएको छ । तर उता प्रधानमन्त्री ओलीले उक्त सम्झौता संसद्बाट अनुमोदन हुने बताइरहे पनि यति लामो समयसम्म त्यत्तिकै रहँदा अमेरिकाले सरकारको शक्ति र प्रभावप्रति प्रश्न गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्