Logo

प्रणय दिवसः भावनात्मक आवेग कि शारीरिक आकर्षण?



काठमाडौं, फागुन २ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभरका प्रेमी प्रमिकाले आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाउदैछन् ।

हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी आजको दिनलाई दिवसकै रुपमा मनाउन थालिएको छ ।

विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाउने गरिएको छ ।पश्चिमी मुलुकबाट सुरूवात भएको भ्यालेन्टाईन डे नेपालमा संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीचलोकप्रिय भ्यालेन्टाईन डे मा विकृति पनि बढ्दै गइरहेको छ ।

प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमाराखेर गरिने गतिविधिलाई नै हामी कहाँ प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ ।

युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा समाजमा विकृति बढ्न थालेको टिप्पणी हुँदै आएको छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।

सन २६९ फेब्रुवरी १४ तारिखका दिन उनलाई झुण्डाइएको थियो । लामो समय सम्म आफ्नो मनका कुरा भन्न नसक्नेहरुका लागि आजकै दिन पारेर प्रेम प्रस्ताव राख्ने सन्देश लेखेर दिने चलन सोही समय देखि चलेको हो । तर नेपालमा पछिल्लो समय कलेज पढ्ने युवायुवतीहरु फेसनका रुपमा भेलेन्टाइन मनाउने गरेको पनि पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot