Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, फागुन ३ । आज देशभरका धेरै जसो भू-भागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

आज दिउँसो राति देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot