Logo

चीनबाट उद्धार गरेर खरिपाटी लैजादै गर्दा जे देखियो



काठमाडौं, फागुन ४ । चीनबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई आइतबार राती नै भक्तपुरस्थित खरिपाटी पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणका क्रममा उनीहरु कसैमा पनि सक्रमणको लक्षण नदेखिएपछि खरिपाटीस्थित सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा पु¥याइएको छ ।

उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुको निगरानीमा उनीहरुलाई राखिने छ । क्वारेन्टाइन बसाईको क्रममा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने व्यवस्था मिलाइएको छ ।

खरिपाटिमा उनीहरुलाई उच्च सर्तकताका साथ निगरानीमा राखिने छ भने क्वारेन्टाइन बाहिरसमेत विशेष सुरक्षा मिलाइएको छ ।तस्बिरःप्रदीपराज वन्त,रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot