Logo

ललिता निवास जग्गा प्रकरण : भाग्‍ने आशंका गरिएकालाई पक्राउ गर्ने तयारी



काठमाडौँ, ५ फागुन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो ।

१० महिना लगाएर तयार पारेको छानबिन समितिको प्रतिवेदनका आधारमा गत साता सीआईबीले १७२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय गृहमा पेस गरेको थियो । गृहले त्यही रायअनुसार आरोपितविरुद्ध जाहेरी दिएको थियो । गृहले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी तथा डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध ठगी, किर्ते र प्रचलित भ्रष्टाचार कानुनअनुसार अनुसन्धान गर्न माग गर्दै सीआईबीमा जाहेरी दिएको हो ।

तीन पूर्वसचिव दीपबहादुर बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतमाथि अनुसन्धान गर्न माग गरिएको छ । ठगी र किर्तेसम्बन्धी कसुर पुष्टि भए उनीहरूविरुद्ध ७ देखि १० वर्षसम्म कैद र बिगो खुले बिगोबमोजिम जरिवाना हुन सक्छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्