Logo

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन ८ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशभरका मौसमा बदली कायमै रहने छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको र पछिल्ला केही दिनयता लागेको तुवाँलो समेत वायुको सक्रियतापछि हटेर जाने छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot