Logo

हवाई सेवा सञ्चालन गर्न तीन वटा जहाज हुनैपर्ने



काठमाडौं,फागुन ८ । नेपालमा अब हवाई सेवा सञ्चालन गर्न एयरलायन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।

अहिले नेपालमा कतिवटा जहाज हुनुपर्ने भन्नेबारे नागरिक उड्डयन प्राधिकरणको मौजदात इजाजतसम्बन्धी कार्यविधिले एउटा जहाज ल्याएर एयरलायन्स स्थापना गर्न छुट दिएको छ। एउटामात्रै जहाज ल्याएर कम्पनीको सेवा सुरक्षित, नियमित र किफायती नहुने भएकाले यस्तो प्रावधान ल्याइएको प्रस्तावित हवाई नीति मस्यौदाका संयोजक पूर्व सचिव यज्ञप्रसाद गौतमले बताए।

उनको नेतृत्वमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको हवाई नीति मस्यौदा समितिले बुधबार मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रस्तावित नीतिमा अन्तर्राष्ट्रिय तथा आन्तरिक वायुसेवा संस्था संचालन गर्न तीन वटा जहाज हमेसा संचालनमा रहेको हुनुपर्ने उल्लेख छ।

यो नीतिले तीनवटा भन्दा कम हेलिकप्टर सञ्चालन गरिरहेका वायुसेवा कम्पनीलाई मर्जरका लागि बाटो खुला गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot