Logo

दोलखा भीमसेनलाई ‘पसिना’ आयो !



काठमाडौं, फागुन ८ । दोलखा बजारस्थित भीमेश्वर मन्दिरको शीलामा ‘पसिना’ आएको छ। भीमेश्वरलाई ‘पसिना’ आएको भन्दै स्थानियहरुको मन्दिरमा भिड लागेको छ । भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको छ ।

शीलामा ‘पसिना’ आएपछि मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । शीलामा पसिना आएको भन्दै चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको पुजारीको भनाई रहेको छ ।

‘कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई भीमेश्‍वलाई पसिना आएकोु भन्ने गरिन्छ।’ श्रेष्ठले भने ‘पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन रहेको छ ।’

यो भन्दा पहिले पनि उक्त सिलामा पसिना आएपछि अनिष्ट टार्न राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन्। यस अगाडि २०७४ सालमा भीमेश्वरलाई ‘पसिना’ आएको थियो।



प्रतिक्रिया दिनुहोस्