Logo

विवादमा मुछिएपछि संचारमन्त्री बास्कोटाले दिए राजीनामा



फागुन ८, काठमाण्डौ । सुचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले मन्त्रीको राजीनामाबारे प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।

बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका हुन् । प्रधानमन्त्री कार्यालयले आफूलाई बाँस्कोटाले राजीनामा दिएको आफूलाई जानकारी दिएको सभामुखले संसदलाई जानकारी गराएका हुन् ।

सञ्‍चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका थिए । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बुधबार सार्वजनिक भएपछि सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने माग उठिरहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot