Logo

वामदेव प्रधानमन्त्री बन्ने बाटो खुल्दै, संविधान संशोधन गर्न कार्यदल गठन



काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सचिवालय बैठकमा यो प्रस्ताव लगेका हुन् ।

त्यतिमात्रै होईन, उपाध्यक्ष गौतमले माग गरेबमोजिम राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्नुपर्ने गरि नेकपाले संविधान संशोधनको तयारी थालेको छ । अध्यक्ष दाहालले नै सो सम्बन्धी कार्यदल बनाउने प्रस्ताव पार्टीमा लगेको स्रोतको दाबी छ ।

अध्यक्ष दाहालनिकट स्रोतले दिएको जानकारी अनुसार पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot