Logo

दिल्ली एयरपोर्टमा ट्रम्प दम्पतीको व्यग्र प्रतिक्षा



नयाँदिल्ली, फागुन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने भ्रमणका लागि अहिले बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली उत्रिने छन् ।

भ्रमण कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जानेछन्। उनि अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ। नमस्ते ट्रम्पको अवधारणा गएको वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउ दी मोदी’ कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा जान लाग्नुभएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्। यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५९२७ मा तीन दिने भारत भ्रमण गरेका थिए।-File Photo



प्रतिक्रिया दिनुहोस्